whatsapp image 2026 09 06 at 20.21.53

-सांकेतिक तस्बिर

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैजनाथ गाउँपालिका–४ का वडा सभापति कुलबहादुर वली जुवा खेलिरहेको अवस्थामा पक्राउ परेपछि पार्टीले उनलाई जिम्मेवारीबाट निलम्बन गरेको छ।

कोहलपुर नगरपालिका–१३ खड्कवारमा शुक्रबार राति जुवा खेलिरहेको अवस्थामा वलीसहित पाँच जना पक्राउ परेका थिए। कोहलपुर इलाका प्रहरी कार्यालयका अनुसार घटनास्थलबाट २ लाख २ हजार रुपैयाँ नगद बरामद गरेको जनाएको छ।

घटनापछि रास्वपा बैजनाथ गाउँपालिका समितिले प्रेस विज्ञप्ति जारी गर्दै वलीलाई सत्यतथ्य छानबिन नभएसम्म वडा सभापतिको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी दिएको हो। समितिले घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै घटनामा कसैमाथि राजनीतिक पूर्वाग्रह नराख्नसमेत आग्रह गरेको छ।

प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ