विज्ञापन

यहाँ आफ्नो व्यापार विज्ञापन गर्नुहोस्

728 × 90 px

सम्पर्क गर्नुहोस् →
यो समाचार शेयर गर्नुहोस्
Facebook WhatsApp Viber X

७ फागुन, गुल्मी । नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका गोकर्ण विष्ट यतिबेला फरक शैलीको चुनावी अभियानका कारण चर्चामा छन् । परम्परागत रूपमा ठूला सभा, नाराबाजी र प्रदर्शनमुखी कार्यक्रममार्फत मत माग्ने चलनलाई बदल्दै उनले ‘सुन्दै–सुनाउँदै अभियान’ सुरु गरेका छन् ।

विष्टले गाउँ–गाउँ, टोल–टोल र घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । उनी भीडभाडयुक्त आमसभाभन्दा साना समूहमा बसेर मतदाताको गुनासा, सुझाव र अपेक्षा सुन्न केन्द्रित देखिन्छन् ।

स्थानीय वृद्धवृद्धा, महिला समूह, युवा, कृषक तथा व्यवसायीहरूसँग भेटघाट गर्दै उनले विगतमा आफूले गरेका कामबारे जानकारी दिने र आगामी योजनाबारे खुला छलफल गर्ने शैली अपनाएका छन् ।

विज्ञापन

यहाँ आफ्नो व्यापार विज्ञापन गर्नुहोस्

300 × 250 px

सम्पर्क गर्नुहोस् →

‘चुनाव केवल मत माग्ने समय होइन, जनतासँग आफ्नो कामको समीक्षा गर्ने अवसर पनि हो,’ विष्ट भन्छन्, ‘त्यसैले हरेक भेटमा पहिले मतदाताको कुरा सुन्छु, त्यसपछि मात्रै आफ्नो धारणा राख्छु ।’

‘कतिपय स्थानमा स्थानीय बासिन्दाले नै आफूहरूले पाएका सुविधा र परिवर्तनबारे खुलेर बोलेका छन् । यसले अभियानलाई थप संवादमुखी र सहभागी बनाएको छ,’ विष्ट भन्छन् ।

विगतका कामको समीक्षा

गुल्मी क्षेत्र नम्बर–२ बाट यसअघि पनि निर्वाचित भइसकेका विष्टले आफ्नो कार्यकालमा भएका पूर्वाधार विकास, सडक स्तरोन्नति, खानेपानी आयोजना, विद्यालय भवन निर्माण, स्वास्थ्य चौकी स्तरोन्नति लगायतका कामको विवरण मतदातासामु प्रस्तुत गर्दै आएका छन् । उनले विकासका कामलाई केवल कागजी प्रतिवेदनमा सीमित नराखी स्थानीयको अनुभवबाट पुष्टि गराउने प्रयास गरिरहेका छन् ।

अभियानको क्रममा विष्टले युवालाई प्राथमिकतामा राखेका छन् । वैदेशिक रोजगारी, उद्यमशीलता, कृषि आधुनिकीकरण र सीप विकासका विषयमा युवासँग विशेष छलफल कार्यक्रम सञ्चालन गरिएको छ ।

युवाहरूले रोजगारीको अभाव, अवसरको कमी र पलायनको समस्याबारे खुलेर प्रश्न उठाउँदा उनले नीति निर्माण तहमा आफ्ना पहल र आगामी योजनाबारे स्पष्ट धारणा राख्ने गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

मुख्य समाचार WhatsApp हाम्रो बारेमा