विज्ञापन

यहाँ आफ्नो व्यापार विज्ञापन गर्नुहोस्

728 × 90 px

सम्पर्क गर्नुहोस् →
यो समाचार शेयर गर्नुहोस्
Facebook WhatsApp Viber X

६ फागुन, काठमाडौं । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीमध्ये सन् २०२६ जनवरीमा नेपाल एयरलाइन्स पहिलो स्थानमा रहन सफल भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार जनवरीमा नेपाल एयरलाइन्सले कुल ५४ हजार ३ सय ९८ यात्रुलाई सेवा दिएको छ ।राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट २७ हजार ३ सय ७८ यात्रु विदेश प्रस्थान गरेका छन् । २७ हजार १६ जना नेपाल आएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा ३० हाराहारी कम्पनीले नेपालमा उडान गरिरहेका छन् । तीमध्ये दोस्रो स्थानमा एयर अरेबिया छ । उसले एक महिनामा ४७ हजार ५ सय १९ यात्रुलाई सेवा दिएको छ ।कतार एयरवेज तेस्रो स्थानमा छ । उसले जनवरीमा ४२ हजार ११ यात्रु बोकेको छ । नेपालकै निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एक महिनामा ३५ हजार ५४ यात्रुलाई सेवा दिएको छ । बुद्ध एयरले भने २ हजार ८ सय ३४ यात्रुलाई सेवा दिएको छ ।

विज्ञापन

यहाँ आफ्नो व्यापार विज्ञापन गर्नुहोस्

300 × 250 px

सम्पर्क गर्नुहोस् →

नेपाल एयरलाइन्सले एक महिनामा कुल ३ सय उडान/अवतरण गरेको तथ्यांक छ । जसमा १ सय ५० उडान र सोही संख्यामा अवतरण भएको छ । यसलाई दैनिक औसत निकाल्दा नेपाल एयरलाइन्सले १० उडान/अवतरण गरिरहेको देखिन्छ ।

कतारले एक महिनामा १ सय ५८ उडान/अवतरण गरेको छ । हिमालयले २ सय ७० र एयर अरेबियाले भने ३ सय ७२ उडान/अवतरण गरेको छ ।

अन्तर्राष्ट्रिय उडानका कम्पनीले एक महिनामा कुल ४ लाख ३१ हजार ६ सय ३५ जनालाई सेवा दिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

मुख्य समाचार WhatsApp हाम्रो बारेमा