
कोहलपुर नगरपालिका–१, कौशिलानगरस्थित कृष्ण माध्यमिक विद्यालयको कक्षा ८ ‘बी’का विद्यार्थी तथा कक्षा शिक्षक सुरज खड्काको पहलमा रसुवा बाढीपीडितका लागि रु. ६,८३१ राहत रकम संकलन गरिएको छ।
विद्यार्थीहरूबाट रु. २,७४०, कक्षा शिक्षक सुरज खड्काको व्यक्तिगत सहयोग रु. ३,६६६ तथा कक्षाको नियमअनुसार उठाइएको जरिवानाको ५० प्रतिशतबाट रु. ४२५ गरी उक्त रकम संकलन गरिएको हो।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी रसुवा बाढीपीडितको राहतका लागि हस्तान्तरण गरिएको छ।
विपद्का कारण ज्यान गुमाएका दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कक्षा ८ ‘बी’का विद्यार्थी तथा शिक्षकले शोकसन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।
विपद्मा परेकाहरूलाई सहयोग गर्नु नै वास्तविक शिक्षा र मानवीय सेवाको महत्वपूर्ण उदाहरण भएको भन्दै कक्षा ८ ‘बी’ले आगामी दिनमा पनि आफ्नो क्षमताले भ्याएसम्म सेवामा जुट्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कुल राहत रकम: रु. ६,८३१/- (छ हजार आठ सय एकतीस रुपैयाँ मात्र)
